नेपालमा एकैदिन देखिए कोरोना संक्रमण पुष्टि १४५९ जनामा

0
116

काठमाडौं / पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङ मार्फत थप १ हजार ४५९ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
डा गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।