एकाबिहानै ६ रिक्टरस्केलको भूकम्प

0
57

चितवन / एकाबिहानै चितवनसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (बुधबार) बिहान ५ः२० बजेको समयमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रविन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प चितवन, काठमाडौंलगायत विभिन्न स्थानमा धक्का महसुस गरिएको छ ।