नेपालमा १ हजार ५३९ संक्रमित, अहिलेसम्मकै बढी

0
46

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५३९ जना कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस बिफिङ मार्फत थप १ हजार ५३९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता प्राडा गौतमका अनुसार थप १ हजार ६८ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।