२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

एमाले नेता उमाशंकर अरगरियाले गरे पार्टी परित्यागको घोषणा

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्यका पूर्वप्रत्याशी उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् । उनले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

अरगरियाले एमालेमा प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफू र आफूसँग आएका नेताकार्यकर्ताको समायोजन हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘एमालेमा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन । आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन् ।’

उनले पार्टीभित्र संगठन शुद्धीकरण हुन नसकेको आरोप समेत लगाएका छन् । पार्टीका आधिकारिक उम्मेदवारलाई पटकपटक हराउने व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरिएको प्रवृत्तिले आफू निराश बनेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

अरगरियाले भनेका छन्, ‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु ।’

उनले यी विषयमा पटकपटक पार्टी केन्द्रलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको गुनासो गरेका छन् ।

अरगरिया २०७९ भदौ ३० गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी धनुषा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका प्रत्याशीसमेत बनेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.17
177.86
UK Pound Sterling
1
205.06
205.87
Swiss Franc
1
194.20
194.97
Australian Dollar
1
108.85
109.27
Canadian Dollar
1
110.76
111.19
Singapore Dollar
1
119.34
119.81
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.31
16.37
Danish Kroner
1
23.71
23.80
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.28
406.87
Omani Rial
1
396.90
398.46