April 19, 2024

राक्सिराङ गाउँपालिका ४ महिनादेखि सञ्चारविहीन

September 23, 2020

मकवानपुर / पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं १ करिब ४ महिनादेखि सञ्चारविहीन रहेको छ । जेठ १३ गते आएको हावाहुरीले राक्सिराङ–२ भाँटीथुम्कीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पु¥याएपछि मोबाइल सेवा ठप्प भएको राक्सिराङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिनुभयो ।
वडाध्यक्ष रुम्बाले नेपाल टेलिकम हेटौंडाका प्रमुख इन्जिनियरहरुलाई मर्मत गरिदिन पटकपटक अनुरोध गरे तापनि आजसम्म मर्मत सम्भार हुन नसकेको बताउनुभयो । एनसेलको सिमबाट फोन गरेर सिडिओलाई समेत यो बारे धेरै पटक जानकारी गराएको र टेलिकममै पनि तीन पटक धाइसकेको समेत उहाँको भनाइ छ ।
उहाँका अनुसार भाटी थुम्कीमा रहेको टावरले १ नम्बर वडाका सबै क्षेत्रलाई कभर गर्न नसकेको भन्दै नयाँ टावर स्थापनाको लागि करिब डेढ वर्षअघि नै हस्ताक्षरसहित निवेदन टेलिकमलाई बुझाएको भए पनि अहिलेसम्म सुनुवाइ नभएकोमा स्थानीयहरुले आक्रोश व्यक्त गरेको बताउनुभयो ।
राक्सिराङ गाउँपालिका–१ का ईन्द्रुङ, बरेटार, बिरालीटार, बाराङ, कुभिन्टार, घ्याङसिङटार, भुमेथुम, हेटौंडा–१९ को सिरानचोक, कुवापानी, बेशीटोल, बासघारी, शेरशेर, खोल्माडाँडा लगायतका क्षेत्रहरु अहिले टेलिकमको टावरमा समस्या भएपछि सम्पर्कविहीन बनेका छन् ।

- ADVERTISEMENT -