March 29, 2024

बाल्मीकिको पोल्टामा फुटसल

January 29, 2020

भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरको जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि बाल्मीकि शिक्षा सदन भरतपुरले उचालेको छ ।
बुधबार भएको फाइनल खेलमा बाल्मीकिले सनराइज बोर्डिङलाई ५–० फराकिलो गोल अन्तरले पराजित गरेको हो । आयोजकले विजयी टिमलाई शिल्ड मेडल र प्रमाण प्रदान गरेको छ । खेलको उत्कृष्ट खेलाडी बाल्मीकिका हिमाशुं थापा बनेका छन् ।
उक्त फुटसल प्रतियोगिता स्कुलकी प्राचार्य इन्दिरा कार्कीको संयोजकत्वमा सम्पन्न भएको हो । स्कुलकी प्राचार्य कार्कीले माघ २१ गते निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग, २२ गते भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाई एशोसियसन र २५ गते रजत महोत्सव समापन गरिने जानकारी गराइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -