March 28, 2024

संक्रमित थप १९ जना, सबै चितवनका

October 5, 2020

चितवन / चितवनमा थप १९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिए । संक्रमित १९ जना सबै चितवनका हुन् ।
डा अधिकारीका अनुसार आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २० देखि ५८ वर्ष उमेर समुहका छन् ।
त्यस्तै राप्ती–६ का २७ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको छ भने खैरहनीका ६ र २ नम्वर वडाका एक महिला र एक पुरूष तथा रत्ननगरका ५ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएको उनले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -