रजत महोत्सवको अवसरमा रंगशालालाई १ लाख सहयोग

0
211

भरतपुर । भरतपुर १२ मा अवस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले रजत महोत्सवको अवसर पारेर चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु. १ लाख सहयोग गरेको छ । उक्त रकम स्कुलकी प्राचार्य इन्दिरा कार्कीले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर यशोवद्र्धन प्रधानले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
महोत्सवको अवसरमा स्कुलले शैक्षिक क्षेत्रमा योगदान पु¥याएका ५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्याव्सन केन्द्रीय सदस्य वेलबहादुर गुरुङ, बाग्मती प्रदेश प्याप्सन उपाध्यक्ष देशबन्धु अधिकारी, महानगर प्याप्सन अध्यक्ष लेखनाथ खनाल, जिल्ला प्याप्सन उपाध्यक्ष सीता रिजाल र जिल्ला प्याप्सन सदस्य शारदा ढकाललाई सम्मान गरेको हो ।
यसैगरी स्कुलका सल्लाहकार प्रदीप मरहठ्ठा, पूर्व महानिर्देशक डाक्टर यशोवद्र्धन प्रधान, सत्या प्रधान, समाजसेवी लेखराज पन्त (हरि) र स्कुलका शिक्षक तथा कर्माचारीहरुलाई पनि सम्मान गरिएको हो ।
रजत महोत्सवमा स्कुलकी प्राचार्य इन्दिरा कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
महोत्सवको अवसरमा स्कुलले जिल्ला स्तरीय अन्तर विद्यालय फुटसल, हाजिरीजवाफ, विज्ञान प्रदर्शनी, भूतपुर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाइ एसोसियसन गठन, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरेको थियो ।