March 29, 2024

चितवनमा १०५ जना कोरोना संक्रमण पुष्टि, भरतपुर महानगरकै ५६ जना

October 9, 2020

चितवन / चितवनमा थप १०५ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा ३० जना र चितवन मेडिकल कोभिड–१९ परीक्षण प्रयोगशालामा ७५ जना गरी बिहीबार १०५ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको हो ।
भरतपुर अस्पताल प्रयोगशाला प्रमुख डा नितु अधिकारीका अनुसार भरतपुर अस्पतालमा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा मकवानपुर, नवलपरासी पूर्वकासहित ३० जनामा संक्रमण पुष्टि भएको छ ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ८ पुरुष र ७ महिला गरी १५ जना, राप्ती नगरपालिकाको ३ पुरुष र ३ महिला गरी ६ जना, खैरहनी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, रत्ननगर नगरपालिकाका ४ जना पुरुष रहेका छन् । उनीहरु भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुरानो मेडिकल कलेजबाट स्वाब दिएका थिए ।
यस्तै नवलपरासी पूर्व गैंडाकोटका एक महिला र कावासोतीका एक पुरुष, मकवानपुर हेटौंडा–४ का ५० वर्षीय एक पुरुष रहेका छन् ।
त्यस्तैगरी चितवन मेडिकल प्रयोगशाला प्रमुख नवीनकुमार चौधरीका अनुसार चितवन मेडिकल कलेजमा ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ४१ जना रहेका छन् भने रत्ननगर नगरपालिकाका ६ जना, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाका एक–एक जना, कालिका नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी नवलपरासी पूर्वका १० जना, मकवानपुरका ६ जना, तनहुँ, बारा, सर्लाही, रौतहट, रुपन्देही, लमजुङ र धादिङका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -