डिएसपी खाँणसहित १२ जना प्रहरीमा कोरोना भाइरस पुष्टि

0
75

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँण सहित जिल्ला प्रहरी कार्यालय नवलपुरका १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार डिएसपी खाँण सहित १२ जनामा संक्रमण देखिएको हो ।
डिएसपी खाँणको चितवनमा उपचार भईरहेको छ भने अन्य प्रहरीको रजहरको प्राकृतिक चिकित्सालयमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरमा अहिले अन्य प्रहरीहरुमा पनि लक्षण देखिएको छ । तथापि पिसिआर हुन भने बाँकी रहेको छ ।
नवलपुरमा पछिल्लो समय उच्च अधिकारी, प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, प्राध्यापकहरुमा समेत कोरोना भाइरस पोजेटिभ देखिएका घटनाहरु बाहिर आएका छन् । नवलपुरमा संक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ ।
विहीबार नवलपुरमा १६ जनामका संक्रमण पुष्टि भएको छ । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १३ पुगेको छ भने नवलपुरमा अहिलेसम्म १ हजार ४ सय ३७ जना संक्रमित फेला परेका छन् । ति मध्ये १४ जनाको निधन भएको छ भने ९ सय १० जना निको भएका छन् ।