नेपालमा थप ५७० संक्रमित, ३१६८ जना संक्रमणमुक्त

0
45

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । मंगलबार थप ५७० जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३५९ पुरुष र २११ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १८ हजार ८ सय ४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार ६८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।