पुन: एक महिने लकडाउन, विद्यालय भने खुल्ने

0
50

एजेन्सी / कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि फ्रान्समा लकडाउन घोषणा गरिएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनले पुनः देशभर शुक्रबारदेखि नोभेम्बरको अन्त्यसम्म लकडाउनको घोषणा गरेको बीबीसीले जनाएको छ । अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धी कामबाहेक अन्य काममा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। रेस्टुरेन्ट तथा बारहरू बन्द हुनेछन्। यद्दपि विद्यालय र उद्योगहरू भने खुल्नेछन्।
फ्रान्समा बुधबार अप्रिल महिना यताकै सबभन्दा बढी दैनिक संक्रमित देखिएका थिए। बुधबार ३६ हजार ४३७ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै २४४ संक्रमितको ज्यान गएको थियो।