संक्रमित २३६४ थप, ३०३८ जना संक्रमणमुक्त

0
40

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । बिहीबार थप २३६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।