चितवनमा जुवा खेल्ने २० जना पक्राउ

0
53

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले जुवा खेल्ने २० जनालाई पक्राउ गरेको छ । दशैंको समयमा तास र कौडा खेल्ने २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।
प्रनि भट्टका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरले सात जना र इलाका प्रहरी कार्यालय खैरहनीले ६ जनालाई पक्राउ गरेको उनले बताए ।
उनीहरुको साथबाट दुई लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद गरिएको उनको भनाइ छ ।
उनले पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको बताए । उनले सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए ।