March 29, 2024

नेपालमा एकै दिनमा २८ कोरोना संक्रमितको मृत्यु

November 25, 2020

काठमाडौं / पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा २८ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । सोही अवधीमा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार १४० संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख ७ हजार ९९८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -