म्याराडोनाको अन्त्येष्टि, तीन दिन राष्ट्रिय शोक

0
163

काठमाडौं / विश्वचर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार विशेष समारोहबीच सम्पन्न भएको छ । राजधानी बुनोस आयर्सको जार्डिन डे पाजमा बिहीबार म्याराडोनाको अन्त्यष्टि गरिएको हो । कफिनसहित म्याराडोनाको पार्थिव शरीरलाई उनकै आमा डाल्मा तथा बुबा डिएगोकै समाधिस्थलनजिकै अन्तिम संस्कार गरिएको हो ।
विश्व खेलकुलाई स्तब्ध बनाएको दिन नै अर्जेन्टिनी राष्ट्रपति अल्वर्टो फर्नान्डेजले तीन दिन राष्ट्रिय शोक मनाएर मात्र म्याराडोनाको अन्तिम संस्कार हुने घोषणा गरेका थिए । यो तीन दिन म्याराडोनाको पार्थिव शरीरलाई प्रसिडेन्टल प्यालेसमा राखिएको थियो । हजारौँ समर्थक दिनहुँजसो नै प्रसिडेन्टल प्यालेसमा पुगी म्याराडोनालाई क्यान्डल बाली श्रद्धाञ्जली दिएको ब्रिटिस मिडिया द सनले जनाएको छ ।
सन् १९९८६ मा म्यारोडोनाले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए । त्यस विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध हातले गोल गरेका थिए । म्याराडोना स्वयंले यसलाई भगवान्को हात भनेका थिए । सन् १९९० मा उनले अर्जेन्टिनालाई ब्याक टु ब्याक विश्वकपको फाइनलमा पु¥याए । एक सफल खेलाडी म्याराडोनाले लागुऔषध दुव्र्यसनका कारण नै करिअर धरापमा राखे । प्रतिबन्धित औषधि सेवन गरेका कारण नै उनी पटकपटक प्रतिबन्धमा परे । विश्व खेलमा म्याराडोनालाई एक सफल तथा विवादास्पद खेलाडीका रूपमा लिने गरिन्छ ।