नेपालमा थप १४९० संक्रमित, निको १५६७ जना

0
91

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार थप १ हजार ४९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
यस्तै नेपालमा १ हजार ५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार १६१ संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।