December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस र प्रचण्ड–माधव पक्षद्वारा प्रदेश १ सरकारको तेस्रो वार्षिक उत्सव बहिस्कार

February 15, 2021
Photo : Tukhabar

मकवानपुर / प्रदेश नम्वर १ को तेस्रो वार्षिक उत्सव प्रचण्ड–माधव पक्षले अघोषित रुपमा बहिस्कार गरेको छ ।
सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड–माधव पक्ष सहभागी भएनन् ।
प्रचण्ड–माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य ठानेनौं ।’
वार्षिक उत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छैन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताए ।
तर कांग्रेसबाट सांसद विन्दिया कार्की सहभागी भएकी छन् ।

- ADVERTISEMENT -