२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

काभ्रेमा ओली समूहले भ्रमको खेती फैलाएको भन्दै सांसद ढकालको आपत्ति

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते

धुलिखेल / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेमा भ्रम फैलाएको भन्दै बागमती प्रदेश सभा सदस्य रत्न ढकालले आपत्ति जनाएका छन् । हालै बहुवर्षिय योजना अन्तर्गत आएको बजेटलाई असम्बन्धित व्यक्तिहरूको पहलमा आएको भन्दै भ्रम छरेकोमा उनले आपत्ति जनाएका हुन् ।
जनतालाई भ्रमको खेती गरेर आफ्नो असली अनुहार देखाएको उनले बताए । ‘हाम्रो स्पष्ट पहलमा, बहुविर्षय योजना अन्तर्गत बजेट पारेका हौँ । असम्बन्धित व्यक्तिहरूको पहलमा भनेर फेसबुक मार्फत जनतामा भ्रम फैलाइरहेका छन् ।’ सांसद ढकालले भने, ‘भ्रमको खेती गरेर आफ्नो असली अनुहार देखाउँदै छन् कोही कोही । तर जनताले एक दिन चिन्नेछन् तिनीहरूलाई ।’ जनताको प्रतिनिधि आफू भएको तर अरूले यसरी भ्रम छर्नु अनैतिक कुरा भएको उनले प्रस्ट पारे ।
ढकालले योजनाको बिस्तार भएको रातो किताबको शीर्षकमा यस वर्षमा थप गर्नुपर्ने बजेट थप मात्र भएको बताउँदै सामाजिक सञ्जाल मार्फत भ्रम छर्न खोज्नेहरूलाई धन्यवाद समेत दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा विभिन्न असम्बन्धित ब्यक्तीहरुको पहलमा बजेट विनियोजन भएको प्रचार गरिए छ, प्रचार र भ्रम छर्न खोज्ने साथीहरू लाई धन्यवाद । बागमती प्रदेशको दुर्गम गाउँपालिका महाभारत जोड्ने सडक तीन खण्डमा विभाजन (पिन्थली–रजबास,.भुमिचुली–तीनखुट्टे). (तीनखुट्टे–देविटार) गरी गत वर्ष नै बहुबर्षिय योजना पारित भई पिन्थली, रजबास, भुमिचुली, तीन खुट्टे, हुँदै महाभारत गाउँपालिका केन्द्र देबिटार जोड्ने सडकमा काम भइरहेको छ, अहिले उक्त योजनाको बिस्तार भएको रातो किताबमा भएको शीर्षकमा बजेट थप भएको हो ।’
सामाजिक सञ्जालमा ओली समूहका कार्यकर्ताहरूले उक्त बजेटको पहल गरेको भन्दै सङ्घीय सांसद गोकुल बास्कोटा, बागमती प्रदेश सभा सदस्य सांसद चन्द्र लामा लगायतलाई धन्यवाद दिएका छन् । स्रोत : तेमाल अनलाइनबाट । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04