मकवानपुर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी गठबन्धनमा रहेका दलहरुले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै अदालत जाने निर्णय गरेको छ ।
प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ ।

- ADVERTISEMENT -










































