April 29, 2025

‘सर्वोच्चले लोकतन्त्रको धज्जी उडायो’ : केपी ओली

July 13, 2021
Photo : Google
- ADVERTISEMENT -

मकवानपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गरिरहेका छन् ।
उनले सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको धज्जी उडाएको टिप्पणी गरे ।
अदालतले निर्दलीय व्यवस्थाको परिकल्पना गरेको उनले बताए ।
निश्चित व्यक्तिको निश्चित महत्वकांक्षाका लागि कानूनको अपब्याख्या सर्वोच्चले गरेको उनले आरोप लगाए ।
उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै भने ‘खेल खेल्ने जिम्मा खेलाडिको हो, कसरी खेल्ने, गोल कहिले र कसरी गर्ने त्यो खेलाडिले सोच्ने विषय हो । यहाँ त रेफ्रिले नै गोल हानिदिए ।’
सरकारबाट बाहिरिने कुरा ठूलो कुरा होइन, अघिल्लो पटक पनि मध्ये बर्षामा बाहिरिएको थिएँ । तर कहिलेकाँही जनताको चाहाना विपरित पनि बाहिर पर्ने रहेछ । उनले भने ।

- ADVERTISEMENT -