मकवानपुर / प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को सातासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बुझिएको छ । नयाँ सरकार गठन भएको करिब दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको देउवाले अर्को सातासम्ममा मन्त्रिमण्डल विस्तार गर्ने माधव नेपालले संकेत गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो साताभित्र मन्त्रिपरिषदुले पूर्णता पाउने बताएका हुन् । यही असोज ४ गते संसद् बैठक र असोज ५ गते आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसपछि मन्त्रिपरिषद् विस्ता हुने उनको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा कानुनी र संवैधानिक जटिलताका कारण सरकारमा जान ढिलाइ भएको बताउँछन् । दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएकाले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताका विषयमा निर्णय गरेका छैनन् ।
स्रोतका अनुसार एकीकृत समाजवादीबाट भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ तथा पछिल्लोपटक नेपाललाई साथ दिएकाले प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसन) पनि मन्त्री बन्ने लिस्टमा रहेका छन् । आले र श्रेष्ठ मन्त्री नभए उनीहरूले सिफारिस गरेका सांसद मन्त्री बन्ने बुझिएको छ । मकवानपुरका खतिवडाको संभावना बलियो रहेको स्रोतको भनाई छ ।
एकीकृत समाजवादीबाट मकवानपुरका खतिवडा मन्त्री बन्दै
September 18, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
