मकवानपुर / समाजमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सरकारले संविधान दिवस २०७८ को अवसरमा विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गर्ने घोषणा गरेको छ । आज सरकारद्वारा घोषित नामावलीनुसार, सबैभन्दा ठूलो विभूषण नेपाल रत्नबाट सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सम्मानित हुने भएका छन् ।
दोस्रो ठूलो विभूषण राष्ट्र गौरवबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरलाई प्रदान गर्ने सरकारको निर्णय छ । त्यसैगरी, सरकारले तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने घोषणा गरेको छ ।
त्यस्तै, सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, सरकारले मकवानपुरमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने चार जनालाई सम्मान गर्ने भएको छ । सरकारले प्रसिद्ध प्रबल जनसेवा श्री विभूषणबाट मकवानपुरका राजनीतिज्ञ भक्तबहादुर श्रेष्ठ, सुप्रबल जनसेवा श्री विभूषणबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सञ्जिव बराल र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० प्रकाश जंग कार्की, जनसेवा श्री विभूषणबाट चर्चित पत्रकार तथा तु खबर डटकमका सम्पादक गिरिजाप्रसाद अधिकारीलाई सम्मान गर्ने घोषणा गरेको छ ।
- ADVERTISEMENT -

आज संविधान दिवस : कृष्णप्रसाद भट्टराई नेपाल रत्न विभूषणबाट सम्मानित गरिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68













