मकवानपुर / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ अब नटिक्ने बताएका छन् । अध्यक्ष नेपालले शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएका कारण ओली दम्भ नटिक्ने बताएका हुन् ।
उनले नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताउँदै विरोधीहरुले नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्ला निरर्थक भएको बताए । साथै उनले जबजको मुल्य र मान्यता विपरित चल्ने केपी ओलीले छरेको भ्रममा नपर्न पार्टीका नेताहरुलाई आग्रह गरे ।
उनले विधि र विधानलाई नमान्ने र संविधान मिच्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नु पर्ने अवस्था आउने बताए । नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको र अन्य दलहरुको समेत साथ पाएर देशकै ठुलो शक्तिका रुपमा काम गर्ने उनको भनाई छ ।
अध्यक्ष नेपालले ओलीको विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षड्यन्त्रमा लागेको बताउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना भएको बताए । उनले एकीकृत समाजवादी पार्टीले आगामी दिनमा कम्युनिष्ट आन्दोलनको नेतृत्व, देश र जनताको हितका लागि काम गर्ने उनले दाबी गरे ।
देश र जनताको हितका लागि तल्लो तहदेखि छलफल र सहकार्य गर्दै नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो अभियानलाई जारी राख्ने र जनताको दुःखमा सहयात्री बन्ने उनको भनाई छ । उनले देशभर समाजवादीको संगठन निर्माणको कामहरु द्रुत गतिमा भईरहेको र समाजवादी अभियानमा जोडिनेको नेता तथा कार्यकर्ताको संख्यामा कमी नभएको दाबी गरे । साथै, उक्त भेलाले एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी, अनेरास्ववियू, अनेम संघ, युवा संघका विभिन्न कमिटी घोषणा समेत गरेको छ ।
‘केपी ओलीको दम्भ अब टिक्दैन’
September 26, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
