चितवन / नेकपा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा (बादलले) आगामी निर्वाचनपछि नेकपा एमालेले देशको पुर्न नेतृत्वगर्ने दावी गर्नुभएको छ । नेकपा एमाले कालिका नगरकमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बादलले सत्तावाट विशेष कारणले प्रतिपक्षमा पुगेको नेकपा एमाले पार्टीलाई अबको निर्वाचनपछि फेरि देशको नेतृत्वगर्ने जिम्मवारी हुने दावी गर्नुभयो ।
कम्युनिष्टपार्टीहरु फुट्नुको कारणबारे समिक्षागर्दै सम्पन्न विद्यान महाधिवेशनवाट नेता कार्यकर्तादेखि आम मतदाताहरु समेत उत्साहित देखिएको बताउनुभयो । विद्यान महाधिवेशले संगठनात्मक सिद्धान्तसँगै नेतृत्व निर्माणको सिद्धान्तमा देखिएको त्रुटिलाई सच्चाएर गुटबन्दीगर्ने परिपार्टीको अन्त्य गरिएको जानकारी दिनुभयो ।
पूर्व गृहमन्त्री समेत रहनुभएका नेता बादलले महाधिवेशनवाट कार्यकारी पदहरुमा, पदाधिकारीहरुमा, मुख्य नेतृत्वमा २ कार्यकाल भन्दाबढी रहन नपाउने सिद्धान्त प्रतिपादन गरिएको बताउनुभयो । एउटै पदमा वषौं सम्म ररिहरहने परिपार्टी सकिएसँगै नयाँ अनुहारहरुले अवसर पाउँदै गएपछि पार्टीभित्र गुटबन्दी सधैका लागि समाप्त हुने उहाँको विश्वास छ ।
नेता बादलले पार्टीलाई पुर्न निमार्णमा जोड दिनुभएको छ। विधान महाधिवेशनमा भएको छलफल अनुसारनै कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकृतगरी पार्टीलाई पुर्न निर्माणगर्ने पार्टीको नीति रहेको प्रष्टपार्नुभयो । नेता बादलले स्थानीय तहका नेता कार्यर्तालाई निर्वाचनको तयारीमा लाग्न समेत निर्देशन दिनुभयो । अब आउने चुनावमा सबैठाउँमा एमालले पार्टीले बहुमत ल्याउनुपर्नेगरी चुनावको तयारी लाग्न निर्देशन गर्नुभएको हो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारीले अदालतको सेटिङवाट बनेको कम्र्फटेवल सरकारले जनताको मन जित्न नसक्ने जिकिर गर्नुभयो । नेता अधिकारीले देश बनाउने भिजन एमाले पार्टीसँगमात्रै भएको दावी गर्नुभयो ।
सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई अबको निर्वाचन पछि नेकपा एमाललेको नृत्वमा बन्ने सरकारले पुरागर्ने बताउनभुयो । नगर कमिटी अध्यक्ष केशव लामाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा काँग्रेस र माओवादी केन्द्रपार्टी परित्याग गरेका ७५ जना युवाहरु एमाले पार्टी प्रवेश गरेका छन् ।
- ADVERTISEMENT -

कालिकाका ७५ युवा काँग्रेस र माओवादी त्यागेर एमालेमा प्रवेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11












