काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एमालेले शुक्रबार देशभर जिल्ला अधिवेशन गर्दैछ । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अर्को मितिमा अधिवेशन गर्ने तयारी एमालेको छ ।
एमाले अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ । यद्यपि, काठमाडौं जिल्लाको छैठौं अधिवेशन उद्घाटनमा भने ओली कागेश्वरी मनोहरा नगरपालिका –६ स्थित मुलपानी क्रिकेट मैदानमा भौतिक रुपमै उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।
एमालेको १०औं महाधिवेशन गएको मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ गर्न लागिएको बताइएको छ । जिल्ला तहमा समेत सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न भनी केन्द्रले निर्देशन दिएको छ । काठमाडौको नेतृत्व केन्द्रकै सर्कुलर अनुसार सर्वसहमतिमा हुने भनेर वर्तमान अध्यक्ष कृष्ण राईले बिहीवारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइसकेका छन् ।
जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले उर्दी गरेको छ ।
जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशनको मिति माघ ८ गतेलाई तोकिएको छ ।
- ADVERTISEMENT -

एमालेको देशभर एकैसाथ जिल्ला अधिवेशन, ओलीले भर्चुअलबाट सम्बोधन गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73













