२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

हेटौडाको नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित

प्रकाशित मिति : २०७९ असार १० गते

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित भएको छ । आवश्यक गणपुरक संख्या नपुगेपछि शुक्रबारका लागि आव्हान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीना कुमारी लामाले घोषणा गर्नुभयो ।
शुक्रबार बिहान १० बजेका लागि आव्हान गरिएको नगर सभा नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरुले उपस्थिति नजनाएसँगै वैठक बस्न नसकेको हो । ९५ जना सदस्य रहेको नगर सभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका छन् । गणपुरक संख्याको अभावमा बैठक बस्न नसकेको जानकारी गराउनहुँदै नगर प्रमुख मीना कुमारी लामाले अर्को बैठक असार १२ गते बस्ने जानकारी दिनुभयो ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विधिअनुसार तयार नपारिएको भन्दै विरोध जनाउँदै आएका छन् । नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यको असहमतिका बीच नगर कार्यपालिकाको अल्पमतबाटै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68