२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

मेयर दाहाल भने – भरतपुरको मुहार फेर्न अहोरात्र खटेका छौं

प्रकाशित मिति : २०७९ भाद्र ६ गते
file photo.

चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताउनु भएको छ । आईतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको जनताको मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रुपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृति शहरका रुपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाई थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने शहर बन्ने मेयर दाहालले बताउनुभयो । ‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ, उहाँले भन्नुभयो,‘जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरबासीको इच्छा र चाहाना अनुसार विकासको कामलाई अगाडि बढाएको छौ ।
धेरै कामहरु गर्न बाँकी छ । ५ वर्षमा धेरै काम गर्न सकिन्छ ।’ सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने तर्फ महानगरपालिकाले ध्यान केन्द्रीत गरेको मेयर दाहालको भनाई थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रर्वधन गर्ने नीति लिएको मेयर दाहालले स्पष्ट पार्नुभयो ।
महानगरपालिकाले प्राथामिकताको आधारमा सबै क्षेत्रलाई हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणको कार्यलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताउनुभयो । भरतपुरमा निर्माणधिन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयबासीले भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52