२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

राष्ट्रपति निर्वाचन संसद भवनमा, परिणाम आजै आउने

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते
- ADVERTISEMENT -

काठमाडौँ / संसद भवनमा आज (बिहीबार) राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।
निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य, प्रदेश सभा सदस्यहरुले भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

 

- ADVERTISEMENT -