चितवन / वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा आफ्नो पार्टीको उपस्थिति देखाउन जय जन्मभूमि पार्टी नेपाल कार्यकर्तासँगको भेटघाट तथा प्रशिक्षणलाई तीव्र पार्दै लगेको छ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर खड्का स्वयम् कार्यकर्तामाझ खटिइरहेका छन् । आफ्ना चुनावी मुद्धा लिएर घरदैलो गरिरहेका छन् ।
देशमा नयाँ शक्तिको रूपमा उदाएको पार्टीले स्वदेशी तथा विदेशी भूपू सैनिकलाई नेपाली समाजमा स्थापित गराउने योजनासहित यसपटक उम्मेदवारी दर्ता गराएको उनले बताए । भूपू सैनिक कल्याणकारी क्लब चितवनका अध्यक्षसेमत रहेका खड्काले हाललाई निर्वाचन क्षेत्र नं.२ केन्द्रित कार्यक्रम रहेको हुँदा निर्वाचन क्षेत्रभित्र पर्ने तीनवटै पालिका र सबै वडामा घरदैलो गर्दै भेटघाट गर्ने र भूपू सैनिकलाई एक ठाउँमा उभ्याउने प्रयास गरिरहेको जानकारी दिए ।
बुधबार भरतपुर–२, क्षेत्रपुरबाट अभियान सुरू गरेका उनले बिहीबार भरतपुर–१० का भूपू सैनिकहरूसँग भेटघाट गरेका छन् । भूपू सैनिक कल्याणकारी क्लब, भरतपुर–१० को इकाइ समितिले आयोजना गरेको वडा भेला तथा कार्यकर्ता भेटघाटका क्रममा क्लबका जिल्ला अध्यक्ष खड्काले आफूहरू कमाउनको लागि नभई देश विकासमा योगदान दिने उद्देश्यका साथ राजनीतिमार्फत उपस्थित भएको प्रतिकृया दिए ।
भूपू सैनिकलाई राज्यको कुनै पनि सार्वजनिक निकायले समेटेर लैजान नसक्दा आफूहरू नयाँ शक्तिको रूपमा उदाउन बाध्य भएको उनको भनाइ छ । ‘देशको सीमानामा सीमास्तम्भ हराइरहँदा भूपू सैनिकलाई दुखेको छ,’ उनले भने, ‘वर्षौँदेखिको यो दुखाई खप्न नसकिने भएपछि हामी आफैँ संरक्षणमा जुट्नुपर्छ भनेर उदाएका हौँ ।’ राज्यसत्तामा रहेका दल र तिनका नेतालाई दुखेको भए वर्षेनि सीमा खुम्चिने समस्या उहिल्यै हटिसक्ने उनको दाबी छ ।
त्यसबाहेक युवाशक्तिलाई स्वदेशमै रोजगारको वातावरण सिर्जना गराउन जय जन्मभूमिले भूमिका खेल्न सक्ने उनले बताए । बन्द अवस्थामा रहेका उद्योग तथा कलकारखानालाई पुनः सञ्चालन गर्ने नीति लिएर अगाडि बढेमा कुनै पनि नेपाली युवा उमेर पुगेपछि विदेशको सपना देखेर बस्नु नपर्ने उनको भनाइ छ ।
यही विषयलाई सरकारसमक्ष जानकारी गराउँदा प्रधानमन्त्रीको सचिवालयबाट सकारात्मक सन्देश पाए पनि पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सकारात्मक प्रतिकृया नपाएको उनले गुनासो गरे । बन्द भएका कलकारखानामात्रै सञ्चालन गर्न सके पनि देशभित्रै १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारमा सामेल गराउन सकिने उनले बताए ।
भूपू सैनिक रूक्माङगत शर्माले देश अभिभावकविहीन अवस्थामा आइपुगेको हुँदा त्यसको रक्षार्थ नयाँ शक्तिको उदय भएको बताए । भूपू सैनिक अनुशासन र इमान्दारितामा हर बखत एक कदम अगाडि हुने भन्दै उनले भने, ‘भूपू सैनिकले नेतृत्व लिएको जुनसुकै ठाउँमा सफलता प्राप्त गरेका छौँ ।’
तर, दलका नेताहरूले ठूलाठूला सार्वजनिक पदमा भूपू सैनिकलाई रोक्ने काममात्रै भइरहेको आरोप लगाए । ‘त्यसैले अब हामी आएका छौँ । हामीलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, भारतीय सेना, ब्रिटिस सेना र सिंगापुर पुलिसबाट सेवा निवृत्त भएकाहरूलाई एक ठाउँमा उभ्याउन पनि हामीले प्रयास गरेका छौँ,’ उनले भने, ‘इमान्दार र अनुशासित व्यक्तिलाई जुनसुकै पार्टीबाट आए पनि ठाउँ खाली हुन्छ ।’
भूपू सैनिक कल्याणकारी क्लब चितवनका पूर्वअध्यक्ष वीरसुब्बा गुरूङले भूपू सैनिकले आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्ने ठाउँ नपाउँदा अन्य दलमा आवद्ध हुन बाध्य भएको बताए । ढिलै भए पनि वैकल्पिक शक्तिको रूपमा उदाएको जय जन्मभूमिलाई वडा तहबाटै मजबुद बनाउँदै लैजानुपर्ने उनको सुझाव छ ।
भूपू सैनिक कल्याणकारी क्लब भरतपुर–१० इकाइ समितिका अध्यक्ष प्रेमबहादुर रानाभाटले भूपू सैनिक उमेदवार भएको ठाउँमा जस्तोसुकै परिस्थिति आए पनि सामना गर्दै साथ दिने प्रतिवद्धता जनाए ।
एमाले छाडेर जय जन्मभूमि प्रवेश
जिल्ला समन्वय समिति चितवनका पूर्व सदस्य एवम् नेकपा एमाले भरतपुर महानगरपालिकाका निवर्तमान अध्यक्ष केशरबहादुर अधिकारीले पार्टी परित्याग गरेका छन् । भूपू सैनिक कल्याणकारी क्लब भरतपुर–१० ले आयोजना गरेको भेटघाट कार्यक्रमका क्रममा नेकपा एमालेबाट बाहिरिएको घोषणा गरेका हुन् ।
जय जन्मभूमि पार्टीबाट चितवन–२ मा हुन लागेको उपनिर्वाचनमा उमेदवार बनेका प्रेमबहादुर खड्काको चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले चितवनका सल्लाहकार परिषद उपाध्यक्षसमेत रहेका अधिकारीले एमाले त्याग्दै जय जन्मभूमि पार्टीलाई आफ्नो राजनैतिक कर्मथालो बनाउने घोषणा गरे । आफू पनि भूपू सैनिक भएकोले भूपू सैनिककै नेतृत्वमा रहेको पार्टी संगठनमा आवद्ध हुने उनले बताए ।
अहिलेसम्म आफ्नो चाहनाअनुसारको पार्टी नहुँदा नेकपा एमालेमा आवद्ध भएर विभिन्न भूमिकामा काम गर्दै आए पनि ती सबै पुराना कुरालाई बिर्सिएर नयाँ ढंगबाट नयाँ शक्तिको माध्यमबाट जनताको काम गर्ने उनको भनाइ छ । सेनामा जागिर गरेर पेन्सन आएका जुनकुनै व्यक्तिले सबै पार्टीप्रतिको आस्था छाडेर आफ्नै घरमा आउन पनि उनले आग्रह गरे ।
‘हामीलाई वडाअध्यक्ष भएर सरकारले दिएको २० हजार रूपैयाँ तलब खाने लोभ छैन । हाम्रो जिन्दगीभर पुग्ने सुविधा भारत सरकारले नै दिएको छ,’ उनले भने, ‘त्यसैले भारत सरकारले दिएको सुविधा नेपाल बनाउने लक्ष्य लिएर आएका छौँ ।’ बिग्रिँदै गएको देश सुधार्नको लागि नयाँ शक्तिको उदय भएको समेत उनको भनाइ छ ।
- ADVERTISEMENT -

जय जन्मभूमि चुनावी मुद्दासहित घरदैलो अभियानमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68











