काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको पनि जनाइएको छ ।
महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।