April 30, 2025

नेकपा एस चितवनको अधिवेशन भोलिदेखि सुरु

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उदघाट्न गर्ने
April 30, 2024
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) चितवनले साधारण तथा अधिवेशन गर्ने भएको छ । उक्त साधारण सभा तथा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एसका जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए ।

नेकपा एसका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट कार्यक्रमको उद्घाटन हुने अध्यक्ष भण्डारीले बताए । नेकपा एसको १०औं जिल्ला कमिटी बैठकले यही वैशाख १९ र २० गते उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो ।

दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्र भोलि (बुधबार) बिहान ११ बजे सुरु हुँदैछ भने समापन बिहीबार हुने नेकपा एस चितवनले जनाएको छ । उक्त अधिवेशन वीपी मेमोरियल क्यान्सर अस्पतालको सभा हलमा सम्पन्न गरिने बताइएको छ ।

अधिवेशनले ७ जना पदाधिकारी र ५७ जना जिल्ला कमिटी सदस्यसहित ६४ जनाको कमिटी गठन गर्नेछ । यस्तैगरी सातवटै पालिकालाई समेट्ने गरी ५४ जनालाई मनोनित गरिने बताइएको छ ।

उनका अनुसार एक महिना अगाडिबाट जिल्ला अन्र्तगत पर्ने सबै पालिका, वडा र टोलहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी अधिवेशनको तयारी थालेको हो ।

अधिवेशनको लागि ३०१ जना सदस्य रहने गरी मूल समिति र ७ वटा ७÷७ जनाको उपसमितिहरु परिचालित हुने भएको छ ।

एकीकृत समाजवादीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गत चैत्र मसान्तसम्म नवीकरण भएका करिब २ हजार ५ सय संगठित सदस्यहरुबाट चयन गरेर करिव ४ सय जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने छ ।

- ADVERTISEMENT -