काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामग्री बोकेको गाडी सोमबार दुर्घटना भएको छ ।
उक्त सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा सवार सातजना घाइते भएका छन् ।
- ADVERTISEMENT -

उक्त गाडीमा ११ जना सवार थिए । उनीहरूमध्ये तीनजना गाडीबाट हाम फालेका थिए ।
मन्थलीबाट मतदान केन्द्र कालीकादेवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको हो ।
- ADVERTISEMENT -

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो ।
उद्धारपश्चात घाइतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।














































