२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

लकडाउनको सरकारले व्यवसाय सञ्चालन कार्यविधि बनाउन नसकेको आरोप

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन साढे २ महिनासम्म पनि व्यवसाय सञ्चालन कार्यविधि बनाउन नसक्दा व्यवसायीदेखि सर्वसाधारणसम्म आक्रोशित हुन थालेका छन् । ०७६ चैत ११ देखि लकडाउन गरेर सरकार चुपचाप बसेको उनीहरुले आरोप लगाएका हुन् ।
देशका विभिन्न ठाउँमा व्यवसायीहरुले लकडाउन उल्लंघन गर्दै धेरै ठाउँमा बुधबारबाट खोल्न थालेका छन् । बिहीबार काठमाडौंका अधिकांश ठाउँमा पसलहरु खुलेका छन् ।
घरबेटीले भाडा माग्ने र सरकारले कर तिर्न उर्दी जारी गरेको भन्दै व्यवसायी आक्रोशित बनिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भएकोले पसल खोलेको बताए ।
‘लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भए, अब पसल खोल्नुको विकल्प रहेन’, उपाध्यक्ष प्रधानले भने, ‘सरकारलाई कर उठाउन हतार भयो कर तिर्नको लागि पनि व्यवसाय सञ्चालन त गर्नु नै पर्यो ।’
उनले व्यवसायीहरुले साढे दुई महिनादेखि सरकारको कानुन मानेरै बसेको भन्दै अब त सरकारले विकल्प दिनुपर्ने बताए ।
सरकारले भने लकडाउनपछिको अवस्था कस्तो हुने भन्दै छलफल सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुलाई बोलाएर यसबारे छलफल समेत गरेका थिए ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र, कोरोना रोकथाम उच्चस्तरीय समितिले पनि कार्यविधिको विषयमा अझै छलफल गरिरहेको छ । व्यवसायीहरुले सरकारले साढे दुई महिनासम्म के हेरेर बसेको भन्दै अहिलेसम्म कार्यविधि नबनाएकोमा प्रश्न गरेका छन् ।
‘व्यापार व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले कार्यविधि बनाउँदै छ’, वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले भने, ‘हामीले सचिव वैकुण्ठ अर्याललाई कार्यविधिको सुझाव पनि दिएका छौं । अन्तिम रुप दिई मन्त्रिपरिषदले छिट्टै सार्वजनिक गर्ला ।’
महानिर्देशक सुवेदीले सबै व्यवसाय एकैपटक खोल्नेभन्दा पनि चरणबद्ध रुपमा खोल्ने गरी छलफल भइरहेको बताए ।
यसका अलावा सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा पनि केही निर्णय गर्न सकेको छैन । यातायात व्यवस्था विभागले मस्यौदा तयार गरी छलफल चलाए पनि पास भइसकेको छैन । यातायात सञ्चालन नभए कुनै व्यवसाय पनि चलायमान नहुने व्यवसायीहरुले बताउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11