२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

‘केपी ओलीको दम्भ अब टिक्दैन’

प्रकाशित मिति : २०७८ आश्विन १० गते
Photo : Tukhabar

मकवानपुर / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ अब नटिक्ने बताएका छन् । अध्यक्ष नेपालले शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएका कारण ओली दम्भ नटिक्ने बताएका हुन् ।
उनले नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताउँदै विरोधीहरुले नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्ला निरर्थक भएको बताए । साथै उनले जबजको मुल्य र मान्यता विपरित चल्ने केपी ओलीले छरेको भ्रममा नपर्न पार्टीका नेताहरुलाई आग्रह गरे ।
उनले विधि र विधानलाई नमान्ने र संविधान मिच्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नु पर्ने अवस्था आउने बताए । नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको र अन्य दलहरुको समेत साथ पाएर देशकै ठुलो शक्तिका रुपमा काम गर्ने उनको भनाई छ ।
अध्यक्ष नेपालले ओलीको विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षड्यन्त्रमा लागेको बताउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना भएको बताए । उनले एकीकृत समाजवादी पार्टीले आगामी दिनमा कम्युनिष्ट आन्दोलनको नेतृत्व, देश र जनताको हितका लागि काम गर्ने उनले दाबी गरे ।
देश र जनताको हितका लागि तल्लो तहदेखि छलफल र सहकार्य गर्दै नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो अभियानलाई जारी राख्ने र जनताको दुःखमा सहयात्री बन्ने उनको भनाई छ । उनले देशभर समाजवादीको संगठन निर्माणको कामहरु द्रुत गतिमा भईरहेको र समाजवादी अभियानमा जोडिनेको नेता तथा कार्यकर्ताको संख्यामा कमी नभएको दाबी गरे । साथै, उक्त भेलाले एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी, अनेरास्ववियू, अनेम संघ, युवा संघका विभिन्न कमिटी घोषणा समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11