काठमाडौँ / बन्दी प्रत्यक्षीकरण मुद्दा मात्र सुनुवाइ गर्दै आएका सर्वोच्चका चार न्यायाधीशले आजदेखि नियमित सुनुवाइ थालेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक अन्य मुद्दा नहेर्ने भन्दै इजलासमा बस्न इन्कार गर्दे आएका मध्ये केही न्यायाधीशले आजदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ थालेका हुन् ।
न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलास र अर्को न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनवाइ थालेको हो ।
न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र कुमार चुडालको संयुक्त इजलासले पेशी तोकिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेको छ ।
आजका लागि गठन गरिएका दश इजलासमध्ये ३ वटामा मुद्दाको सुनुवाइ भए पनि अन्य ७ वटा इजलास भने आज पनि बसेन ।
आजका लागि गठन गरिएका सबै इजलासमा कुल २ सय ७९ मुद्दाको पेसी तोकिएको थियो । तीमध्ये ३० वटा मुद्दामा मात्र सुनुवाइ भएको छ ।
न्यायाधीशहरूको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीशको इजलासले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ गरेको हो ।
तीन सातादेखि सामूहिक छलफलमा रहेका न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरूको छलफलमा नजाने घोषणा गरेका थिए ।
कानुन व्यवसायीका कारण आज एउटा इजलासमा पेशी तोकिएको बन्दी प्रत्यक्षीकरण मुद्दा समेत स्थगित भएको छ ।
यसैबिच, प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको छ ।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउँदै धर्नामा बसेको बारले केही दिन यता इजलास बहिष्कार गरेर थप दबाब बढाएको छ ।
आफ्नै राजीनामा माग्दै आएको बारलाई प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य निकालेर वार्तामा बस्न आह्वान गर्नुभएको छ ।
यता बारले भने प्रधानन्यायाधीश जबराको राजीनामा नै विद्यमान समस्याको एक मात्र निकास भएको भन्दै वार्तामा नबस्ने अडान राखेको छ ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन साता यता आन्दोलनमा छन् ।
- ADVERTISEMENT -

सर्वोच्च विवाद : केही इजलास, केही छलफलमै न्यायाधीश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11












