२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

भरतपुरको मालपोत कार्यालय भूकम्पको जोखिममा, वार्षिक एक अर्ब राजस्व संकलन

प्रकाशित मिति : २०८१ चैत्र ७ गते

चितवन / विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक रु एक अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन् ।

बाइपास सडकसँगै छ कठ्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनी अभिलेख राखिएका छन् । कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ ।

- ADVERTISEMENT -

Advertisement

विसं २०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ । कार्यालयको नजिकै १७ कठ्ठा जग्गासमेत छ । सोही जग्गामा नयाँ भवन बनाएर पार्किङसहितको कार्यालय बनाउन पटकपटक भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइएको प्रमुख गौतमले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले विभागमा लेखेर पठाएका छौँ । तर हालसम्म नयाँ भवन बन्न सकेको छैन ।”

कार्यालयमा ४२ जना कर्मचारी छन् । यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८७ करोड ७९ लाख ९० हजार राजस्व सङ्कलन भइसकेको प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिकाका १९ वटा वडासँगै रत्ननगर र कालिका नगरपालिका एवं इच्छाकामना गाउँपालिकाका नागरिकलाई यहाँबाट सेवा दिने गरिएको छ । गौतमका अनुसार एक वर्षमा एक अर्बभन्दा बढी राजस्व यहाँ सङ्कलन हुन्छ । सङ्कलित राजस्वमध्ये पुँजीकर लाभकरबाहेक ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जाने गर्दछ ।

उहाँले भन्नुभयो “हाम्रा अत्यन्तै महत्वपूर्ण अभिलेख भूइँको टहरो र छतको टहरोमा राख्न बाध्य छौँ ।” पानीले अभिलेख भिज्ने डरसँगै सेवाग्राहीको उच्च चापसँगै जोखिम भवनमा काम गर्नुपर्दा समस्या भएको प्रमुख गौतमले बताउनुभयो ।

यहाँ आउने सेवाग्राहीले उच्च सवारी चाप भएको सडकको छेउमा पार्किङ गर्न बाध्य छन् । उहाँले थप्नुभयो, “नयाँ भवन बनाउन सकेमा पार्किङको समस्या हुँदैन ।” भूकम्पका बेला जोखिममा परेका धेरै भवन पुनःनिर्माण गरिए पनि यस भवनलाई बनाउनेतर्फ सम्बन्धित निकायबाट पहलकदमी नहुँदा सेवाग्राही र सेवाप्रदायक जोखिममा परेका छन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11