२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजकुमार मृत्यु प्रकरण : कुटपिटमा संलग्न सैनिक तत्काल सार्वजनिक गर्न माग

प्रकाशित मिति : २०७७ श्रावण १४ गते
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिका २ का २४ बर्षीय युवक राजकुमार चेपाङको मृत्यु हुने गरि कुटपिट गर्ने र निर्मम यातना दिने कार्यमा संलग्न दोषीलाई तत्काल सार्वजनिक गर्न जनप्रतिनिधि तथा चेपाङ अगुवाहरुले माग गरेका छन् । मंगलबार राप्ती नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा तत्काल दोषी सार्वजनिक गरि कारवाही प्रकिया अघि बढाउनुपर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको हो । राप्ती नगरपालिकाका मेयर प्रभा बरालले चेपाङ परिवारको न्यायका लागि सम्पुर्ण नगरबासी एक भएर लड्ने बताईन् । ‘निकुञ्ज र सेनासँग सम्बन्धित वन मन्त्रालय तथा रक्षा मन्त्रालय सम्म कुरा राखेका छौ, बिभिन्न माननीयज्यू हरुले समेत गम्भीर रुपमा लिनुभएको छ, न्याय पाउनेमा ढुक्क छौ’ – उनले भनिन् ।
नगरपालिकाका उपमेयर इमानसिंह लामाले कुटपिटमा संलग्न सैनिक तत्काल सार्वजनिक गर्न माग गरे । ‘चेपाङको मृत्यु भएको पाँच दिन बितिसक्दा समेत संलग्न सैनिकको नाम त सार्वजनिक गरिएको छैन, कारबाही गर्छ भनेर कसरि विश्वास गर्ने ‘ – उनले भने । जवाफमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले घटनामा संलग्न सैनिकको नाम सार्बजनिक गर्न समस्या नभएको बताए । त्यसका लागी प्रहरीबाट आधिकारिक पत्र प्राप्त भए तत्काल घटनामा संलग्न सैनिकबारे जानकारी माग्दै सेनासँग जवाफ मागिने उनले बताए । उनले पिडितलाई उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीका लागी आफु प्रतिबद्ध रहेको बताए । जिल्ला प्रहरि कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङले घटनामा संलग्न दोषीको विवरण माग्दै निकुञ्ज लाई तत्काल पत्र काट्ने प्रतिबद्धता जनाए । उनले अनुसन्धान अघि बढिरहेकाले सहयोग गर्न र मृतकको पोस्टमार्टम भइसकेकाले शव बुझेर अन्त्येष्टि गर्न परिवारलाई आग्रह गरेका थिए । तर परिवारले तत्काल शव नबुझ्ने अडान लिए । मृतकका बुवा बिष्णुलाल चेपाङले छोरालाई कुटपिट गर्नेलाई पक्राउ गरि कारबहि नगरिएसम्म शव नबुझ्ने अडान लिए । राप्ती २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती १२ का वडा अध्यक्ष अर्जुन चेपाङ, नेपाल चेपाङ संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङ, बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, जिल्ला सदस्य सन्त चेपाङ, समाजसेवी नवराज पाठकलगायतले कुटपिटमा संलग्न सेनालाई तत्काल सार्वजनिक गर्नुपर्ने अडान लिए । उनीहरुले तत्काल दोषी सार्वजनिक गरि कारबाहि नगरिए कडा संघर्षमा उत्रने चेतावनी दिए ।
राजकुमार सहित अन्य ४ जना युवाहरुलाई गत साउन १ गते निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले कुटपिट तथा यातना दिएका थिए । कुटपिटबाट बिरामी परेका राजकुमारको गत साउन ८ गते मृत्यु भएको थियो । उनको निधनपछि निकुञ्जले शव व्यवस्थापनका लागि भन्दै १ लाख दिने, मृतकको छोरीलाई पठनपाठन खर्च उपलब्ध गराउने, मृतकको घर बनाइदिने बताएको थियो । तर पिडित पक्षले विभिन्न आश्वासन दिएर दोषी उम्काउन खोजिएको आरोप लगाउँदै आएको छ ।
–बुलबुल खबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04