तनहुँ / जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरु चोरी गरेर काटी मासु खाने तीन, चोरी मुद्दाका एक र लागुऔषधका एक गरी पाँच जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ बर्षीय मिलन नेपाली, सोही स्थानका २२ बर्षीय बिनोद थापा र ४५ बर्षीय बिमलाल सुनारलाई गोरु चोरी गरेर काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्ला कास्की साबिक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाल जिल्ला तनहुँ म्याग्दे गाउँपालिका– १ मान्द्रे बस्ने ६६ बर्षीय तर्कबहादुर कुमालको कृषि पेशाको लागि गोठमा पाल्दै आएका एक हल गोरु फुकाई चोरी गरी काटेर खाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरूले २०७६ चैत्र ३० गते बेलुका गोठमा बाँधेको गोरु चेरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।
त्यसैगरी, चोरी मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका– १ सिंहाली गाउँ बस्ने २२ बर्षीय बिशाल माझी भन्ने विनोद बोटेलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, लागूऔषध मुद्दामा फरार व्यक्ति चार बर्ष पछि पक्राउ परेका छन् ।
लागूऔषध मुद्दामा फरार रहेका जिल्लाको व्यास नगरपालिका –४ जलदेवीटोल बस्ने बर्ष २३ बर्षीय कुशल थापा पक्राउ परेका हुन् । प्रहरीले पछिल्लो समय विभिन्न अपराधमा संलग्न रही फरार रहेकाको खोजीलाई तिब्रता दिएको छ ।
विभिन्न मुद्दामा फरार पाँच अभियुक्त पक्राउ
August 10, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
