तनहुँ / जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरु चोरी गरेर काटी मासु खाने तीन, चोरी मुद्दाका एक र लागुऔषधका एक गरी पाँच जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ बर्षीय मिलन नेपाली, सोही स्थानका २२ बर्षीय बिनोद थापा र ४५ बर्षीय बिमलाल सुनारलाई गोरु चोरी गरेर काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्ला कास्की साबिक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाल जिल्ला तनहुँ म्याग्दे गाउँपालिका– १ मान्द्रे बस्ने ६६ बर्षीय तर्कबहादुर कुमालको कृषि पेशाको लागि गोठमा पाल्दै आएका एक हल गोरु फुकाई चोरी गरी काटेर खाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरूले २०७६ चैत्र ३० गते बेलुका गोठमा बाँधेको गोरु चेरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।
त्यसैगरी, चोरी मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका– १ सिंहाली गाउँ बस्ने २२ बर्षीय बिशाल माझी भन्ने विनोद बोटेलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, लागूऔषध मुद्दामा फरार व्यक्ति चार बर्ष पछि पक्राउ परेका छन् ।
लागूऔषध मुद्दामा फरार रहेका जिल्लाको व्यास नगरपालिका –४ जलदेवीटोल बस्ने बर्ष २३ बर्षीय कुशल थापा पक्राउ परेका हुन् । प्रहरीले पछिल्लो समय विभिन्न अपराधमा संलग्न रही फरार रहेकाको खोजीलाई तिब्रता दिएको छ ।
- ADVERTISEMENT -

विभिन्न मुद्दामा फरार पाँच अभियुक्त पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













