काठमाडौं / देशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । आज बुधबार बिहान जारी गरिएको बुलेटिनमा मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा वर्षा हुने जनाएको हो ।
महाशाखाका अनुसार आज बिहानै काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सिमसिम पानी परिरहेको र एक–दुई घण्टादेखि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको बताएको छ ।
बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
- ADVERTISEMENT -

केही स्थानमा वर्षा, सतर्क रहन चेतावनी
September 16, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
