२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

एकै परिवारको ८ पुरिए, एकजनाको उद्धार

प्रकाशित मिति : २०७७ आश्विन ८ गते
फोटो : गुगल ।

काठमाडौं / स्याङ्जाको वालिङको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए ।
एसपी बोगटीका अनुसार आज बिहान ६ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । जिवितै उद्धार गरिएकी वर्ष १६ की मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर गरिएको एसपी बोगटीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -