गोरखा / युवती हत्या गरेको आरोपमा चुमनुब्री गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अन्दाजी ४६ वर्षिय साेनाम लामा पक्राउ परेका छन् । गाउँमा उनलाइ राजा भनेर बोलाउने गरिन्छ । बाटोमा हिँडिरहेका युवतीहरुलाइ जिस्क्याउने क्रममा एक युवतिले छोरी समानका हामीहरुलाइ किन जिस्क्याएको भन्ने क्रममा लामाले कुटेको र युवतीको त्यही मृत्यु भएको गाउँलेहरुले बताएका छन् । घटना केही समय अघि भएको र ढिला गरी खबर प्राप्त भएकाले प्रहरीले विहीबार आरोपी लामालाइ गोरखा ल्याएको छ ।
लामा श्रृँखलाबद्ध अन्य हत्यामा समेत सँलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त क्षेत्रमा आर्थिक लेनदेन र युवतिहरुका विषयलाइ लिएर मानिसहरुको हत्या हुने गरेको त्यस क्षेत्रका जानकारहरु बताउँछन् । कसैसँग रिसिवि भयो भने लामालाइ ५० हजार देखि माथि नगद दिएर मानिसको हत्या गराउन लगाउने गरेको उक्त क्षेत्रका नागरिकहरुले बताएका छन् । हालसम्म लामाले कति जनाको हत्या गरे भन्ने विषयमा अनुसन्धान थालनी गरेको प्रहरीले बताएको छ ।
यस अघि जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बालिका बलत्कार आरोपमा कारागार रहेका छन् ।
युवती हत्या आरोपमा वडाध्यक्ष साेनाम पक्राउ
September 25, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
