January 21, 2025
- ADVERTISEMENT -

महेन्द्रनगरमा तलब नपाएपछि शिक्षकहरुले गरे तालाबन्दी

November 23, 2020
फोटो : खबर तरंग ।

कञ्चनपुर / सामुदायिक विद्यालयका शिक्षकहरुले तलब माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका छन् । माध्यमिक तथा आधारभुत तहमा शिक्षण सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।
अनुदानका लागि विनियोजन भएको बजेट शैक्षिक सत्रको आठ महिना बितिसक्दा पनि निकासा नहुँदा तालाबन्दी गर्नु परेको शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष बलवीर सिंह भण्डारीले बताए । तलब पाउन नसक्दा दशंै तिहारमा रितो हात बस्नु परेको उनले दुखेसो पोखेका छन् ।
चालु शैक्षिक सत्रको तलब भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षकहरुलाई नै निरन्तरता दिइनुपर्ने र दरबन्दी मिलान वा अन्य बहानामा कार्यरत शिक्षकहरुलाई विस्थापित गर्न नहुने माग शिक्षकहरुको छ । साथै, शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रम अन्तर्गत कार्यरत शिक्षकहरुलाई पनि अन्य शिक्षक सरह नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा प्रदान गरिनुपर्नेलगायतका माग संघर्षरत शिक्षकहरुको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -