चितवन / गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्ने र सशस्त्र प्रहरी ऐनमा समेत यसको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यदेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पु¥याउने बताउनुभयो ।
सबै सम्बद्ध निकायहरुको सामूहिक प्रयासले मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने भन्दै उहाँले यसका लागि शान्ति, सुरक्षा आधारभूत तत्वको रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सबै निकायहरुबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्ति सुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।” उहाँले अन्य सुरक्षा निकायहरुसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरीलाई समानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउने एवं संगठनको व्यवसायिक दक्षता अभिबृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । थापाले भन्नुभयो “सकल दर्जाको राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिबृद्धि गरी समयानुकूल कार्यस्रम्पादन गर्न सकेमा राष्ट्रय र संगठनको लक्ष्यप्राप्तमा थप टेवा पुग्नेछ ।” यस आर्थिक वर्षमा २२१ बीओपी ९बोर्डर आउटपोष्ट० स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको भन्दै उहाँले यस वर्ष ८७ वटा नयाँ बीओपी स्थापना भईसकेको जानकारी दिनुभयो ।
भारत र चीन दुवै देशसँग सीमाना जोडिएको यस बागमती प्रदेशको अलग र विशेष महत्व रहेको भन्दै उहाँले सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउनुभयो । राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यवसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन उहाँले निर्देशन दिनुभयो । बाहिनी उद्घाटनका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालले सीमा सुरक्षालाई मजबुद बनाउँदै अघि बढ्ने बताउनुभयो ।
उहाँले देशका सीमानामा बीओपी स्थापना गर्दै लगिएको जानकारी दिनुभयो । बीओपीको संख्या ५०० पु¥याउने उहाँको भनाई थियो । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले बाहिनीको बारेमा जानकारी गराउनु भएको थियो । सो बाहिनी बि।सं। २०७५ साल भाद्र ६ गते स्थापना भएको हो । यसले राजधानीका तीन जिल्ला बाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।
- ADVERTISEMENT -

‘सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्न सरकार सकारात्मक’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












