चितवन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी संकलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध रु चार लाख ७१ हजार ६१३ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । यस्तै लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध रु सात करोड आठ लाख १७ हजार ३७ र लेखापाल बलराम सापकोटाविरुद्ध रु ५८ लाख ४३ हजार ८०६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर मालपोतका कर्मचारीले घुस खाएको आरोपमा मुद्दा दर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













