काठमाडौं / काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आज (सोमबार) दिउँसो सार्वजनिक बसमा आगलागी भएको छ । असोज ५ गते मध्याह्न ऋद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको हो ।
आगलागीमा बसका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर लगिएको छ ।
- ADVERTISEMENT -

बसमा आगलागी हुनुको कारण भने खुलिसकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

















































