२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनका दर्ता नभएका ९ व्यवसायिक प्रतिष्ठिानलाई कारवाही

प्रकाशित मिति : २०७७ माघ १४ गते

चितवन / चितवनको नारायणगढ बजारमा मूल्य सूची नराखेका र दर्ता कागजात नभएका ९ व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधि सहितको टोलीले मंगलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मूल्य सूची नराखिएका सातवटा व्यवसायीक प्रतिष्ठानलाई रु ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई वटा संस्थालाई रु २०/२० हजार जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
उहाँका अनुसार जरिवाना तोकिएका व्यवसायिक प्रतिष्ठानहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नम्बर २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडस चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर २ कै विनोद एण्ड डिला इम्पोरीयम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इण्टरप्राईजेज र वडा नम्बर ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्य सूचि नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरुलाई रु ५०/५० हजार जरिवाना तोकिएको हो ।
यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्य सूचि नराखेका भरतपुर महानगरपालिका वडा नम्बर १० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नम्बर २ को एस .एच. ट्रेडर्सलाई रु २०/२० हजार जरिवाना तोकिएको छ । उनीहरुलाई संरक्षण कार्यालयले अनुगमनका क्रममानै जरिवाना तोकेको हो । एक साता भित्र जरिवाना बाणिज्य बैंकमा जम्मा गर्न निर्देशन समेत दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04