मकवानपुर / महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सञ्जालले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
बालिका र महिलामाथि भइरहेको जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको उल्लेख गर्दै उनीहरुले आइतबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सबैलाई समेत दण्डित गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन गर्न, शून्य सहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्नेगरी व्यवहारतः लागू गर्न, बलात्कारको कसूर गर्नेलाई सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था गर्न, बलात्कारका अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

गृहमन्त्री बादलको राजीनामा माग
February 15, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
