२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

हत्या अभियोगमा तीनजना पक्राउ, नगरवनमा शव फेला

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले गोपाल गुरुङ हत्या प्रकरणका तीन अभियुक्तलाई पक्राउ गरेको छ । बुधबार पत्रकार सम्मेलन मार्फत फागुन १० गते नारायणगढमा गुरुङ हत्या प्रकरणका तीन अभियुक्तलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख (एसपी) ओम अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पूर्वी नवलपरासी गँैडाकोट नगरपालिका–२ घर भई नारायणगढ पुलचोकमा रहेको जानकी गेस्ट हाउसमा प्रवन्धकको काम गर्ने ४२ वर्षीय सञ्जय गजुरेल, भरतपुर महानगरपालिका–२७ घर भई भरतपुरमा डेरा गरी बस्ने २५ वर्षको विक्रम महतो र कालिका नगरपालिका–७ जुटपानी घर भई नारायणगढ बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।
उनीहरुले गत फागुन १० गते बिहान लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरूङलाई कुटपिट गरी हत्या गरेका थिए । नारायणगढको जानकी गेष्ट हाउसको कोठा नं.११२ मा हत्या गरी नगरवन स्थित सडक छेउमा लगेर फालेका थिए । पक्राउ परेका गजुरेल, महतो र परियारलाई फागुन २२ गतेबाट लागू हुने गरी चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकले प्रयोग गर्ने मोबाइल एक थान, मृतकको झोला एक थान र मृतकको कपडा र शव व्यवस्थापनमा प्रयोग भएको ना २ ह १२४० नं.को अटो पनि बरामद गरेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11