२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

तीन जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न प्यान्ट जडान गरिँदै

प्रकाशित मिति : २०७८ बैशाख २२ गते

मकवानपुर / बागमती प्रदेश सरकारले प्रदेशको तीन जिल्ला अस्पतालमा ठूलो परिणाममा अक्सिजन उत्पादन गर्न सकिने प्यान्ट जडान गरिँदैछ ।
प्रदेशको मकवानपुरको हेटौँडा, भक्तपुर र धादिङको जिल्ला अस्पतालमा ठूलो परिणाममा अक्सिजन उत्पादन गर्न सकिने प्यान्ट जडान गर्न प्रकृया सुरु गरिएको बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईका अनुसार, उक्त जिल्लाहरुमा प्लान्ट राख्न सम्झौता भई निर्माणको अन्तिम चरणमा पुगेको छ ।
साथै प्रदेश सरकारले यसअघि प्रदेशको सिन्धुलीको जिल्ला अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा प्लान्ट जडान गरी उत्पादनसमेत भइरहेको मन्त्रालयका प्रवक्ता डा. सेढाईले जानकारी दिए ।
‘प्रदेश सरकारले एउटा अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दैछ,’ मन्त्रलायका प्रवक्ता डा. सेढाईंले भने, ‘सिन्धुली अस्पताल र त्रिशूली अस्पतालमा उत्पादनसमेत थालिएको छ ।’
कोरोनाको दोस्रो लहर तीब्र भइरहे पनि प्रदेशमा अक्सिजन अभाव हुन नदिन जिल्ला अस्पतालमा प्लान्ट जडान गरिने भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशमा हाल ठूलो सिलिन्डर ८० थान मौज्दात छ । केन्द्र सरकारबाट पनि अक्सिजन सिलिन्डर उपलब्ध हुने क्रममा छ । प्रदेश सरकारले पनि सिलिन्डर खरिद प्रकृया अघि बढाएको छ ।
पाँचै अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब १ हजार जनालाई अक्सिजन सिलिन्डर दिन सकिने डा. सेढाईंको अनुमान छ ।
यता, नुवाकोटको त्रिशूली अस्पतालले एक महिनादेखि अक्सिजन उत्पादन गर्दै आएको जनाएको छ । प्रतिमिनेट ३ सय घनलिटर अक्सिजन उत्पादन हुँदै आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट दिपेन्द्र पाण्डेले बताए ।
उनका अनुसार, अस्पतालका ५० शय्यामा अक्सिजन जडान रहे पनि ७६ थान थप सिलिन्डर मौज्दात राखिएको छ ।
त्यस्तै, सिन्धुली अस्पतालले जडान गरेको अक्सिजन प्लान्टले २४ घण्टामा १४ सय लिटर अक्सिजन उत्पादन गर्न सक्छ । प्लान्ट राखिए पनि बुस्टर आवश्यक पर्ने भएकोले त्यसको खरिद प्रक्रिया अघि बढाएको अस्पतालका मेसु उमेश प्रधानले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81